इटहरी : भारतीय मुस्लिम समुदायबाट कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै इटहरीका १४ मस्जिद सिल गरिएको छ ।

शुक्रवार एकै दिन १२ जना मुस्लिम समुदायमा कोरोना सङ्क्रमण भेटिएपछि इटहरीका सम्पूर्ण मस्जिद प्रशासनको निगरानीमा राखिएको हो ।

भारत र पाकिस्तानबाट आउने मुस्लिम समुदायको कारण कोरोना भाइरस सर्ने सम्भावना बढी भएको भन्दै सिल गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् । कोरोना सङ्क्रमितको सङ्ख्या १६ जनाबाट बढेर ३० जना पुगेपछि सङ्घीय सरकारले देशभरका मस्जिदहरू सिल गर्न सबै स्थानीय तहलाई निर्देशन दिए बमोजिम आफूहरूले गरेको उनको भनाई छ ।

केही दिन अगाडी मस्जिदमा अनुगमन गर्दा भेटिएका ३६ जना भारतीय ७ जना पाकिस्तानी र १२ जना नेपालीलाई इटहरी ५ को क्वारेन्टाइनमा राखिएको उनले बताइन् । त्यसमध्ये २ महिला र १ बच्चा रहेको उनको भनाई छ ।