धरान : धरानमा केन्द्रिय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकका ३ शाखाले गाँउगाँउमा पुगेरमा सामाजिक सुरक्षा भत्ता बितरण गरिरहेको छ ।

लकडाउनमा कारण बैंकको कार्यालयबाट भत्ता बितरण गर्न सहज नभएपछि बैंकले गाँउमै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिरहेको छ । बैंकले बराहक्षेत्र नगरपालिका घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ती ,दलित , एकल महिलाहरुको घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको बैंकले जनाएको छ । भत्ता वितरण गर्दा सामाजिक दूरी कायम गरेर, स्यानिटाइजर, मास्क, पञ्जालगायत सावधानीका उपायहरु अपनाएर वितरण गरीएको बैंकले जनकारी दिएको छ ।

बराहक्षेत्र नगरपालिका नगर प्रमुख निलम खनालका अनुसार चौमासिक रुपमा बितरण हुँदै आएको भत्ता बन्दाबन्दीका कारणले समयमै उपलब्ध गराउन नसके पनि अन्य नगरहरुको तुलनामा बराहक्षेत्र नगरपालिकाले छिटो बितरण गरेको जानकारी दिए ।

मितेरी बैंकका चतरा शाखा, कालाबञ्जर शाखा र प्रकाशपुर शाखाले १९ गते सम्ममा एक हजार नौ सय छ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको शाखा प्रमुख शंकर कार्कीले जनकारी दिए ।