धरान : धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो नभएको बाँस आज काटिएको छ ।
अरुबेला काट्न नपाइने र वर्षमा एक पटक वैशाखे पूर्णिमाको अघिल्लो दिन मात्रै काट्न पाउने धार्मिक मान्यता अनुसार आज बुढासुब्बा मन्दिर परिसरको टुप्पो नभएको बाँस काटिएको हो । हरेक वर्ष मन्दिर परिसरमा रहेको टुप्पो नभएको बाँस वैशाखे पूर्णिमाको अघिल्लो दिन काट्ने र ढलेका र सुकेका बास झिक्ने चलन रहेको बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षक समितिका सचिव उत्तम आलेले बताए ।

Budhasubba-ko-Bas-katidai-4

परापुर्वकाल देखि चलिआएको परम्परा अनुसार आज वैशाखे पूर्णिमाको अघिल्लो दिन बुढासुव्वाको बाँस काटने र गोडमेल गर्ने चलन अनुसार आज ढलेका, सुकेका र भाँचिएका बाँस काटेर निकालिएको सचिव आलेले बताएका छन् । काटिएका बाँस मन्दिर वरिपरि बार बार्ने र भक्तजनहरूले सा साना टुक्रा बनाएर लाने चलन पहिले देखिनै रहेको छ ।

बुढासुब्बा मन्दिरमा वैशाखे पूर्णिमाका दिन विशेष पूजा हुने र त्यस पछि एक दिन पूजा गर्न नहुने मान्यता रहेको छ । सोही अनुसार पूजा हुँदै आएको बुढासुब्बा मन्दिरमा यस पटक लकडाउनको कारण नित्यपुजामा मात्रै सीमित हुने बताइएको छ ।

बुढासुब्बा मन्दिर परिसरको बाँस वर्षमा एक पटक काटिदा भत्तजनहरुले बाँसको टुक्रा प्रसादकोरुपमा घर लाने र आफूले पनि हरेक वर्ष बुढासुव्वाको बाँस घरमा ल्याएर राख्ने गरेको धरान १४ का प्रेमप्रसाद पराजुलीले बताए ।

Budhasubba-ko-Bas-katidai-1

बुढासुब्बा मन्दिर मात्र यस्तो मन्दिर हो जहा मन्दिर छ मूर्ति छैन, वरिपरि टुप्पो नभएको बाँस पाइन्छ । त्यसैले मन्दिरको संरक्षण संम्वद्र्धनमा राज्यको विशेष ध्यान पुग्नुपर्ने स्थानीयवासी प्रेमप्रसाद पराजुलीको भनाई छ ।