धरान : धरान ९ का तरकारी व्यापारीले ९ नं को पास लिएर अन्य वडामा गई कृषि उपज बजार स्थलले तोकेको भन्दा महँगोमा तरकारी बिक्री गरिरहेका तरकारी व्यापारी हरे राम चौधरीको लकडाउन भरि पास खारेज गरिएको छ ।

बिहीबार बिहान कृषि बजारमा सहसंयोजक एवं वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेको अध्यक्षतामा बसेको बैठकले चौधरीलाई बाँकी रहेको सब्जी तिन दिनका लागि मान्य रहेको लेखी तिन दिन पछि कारबाही स्वरूप उक्त पास खारेज गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर तरकारी बिक्री गर्न नपाउने गरी कारबाही गरिएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।

हरे राम चौधरीले ९ नं. वडा कार्यालयले दिएको पासको आधारमा वडा नं १६ मा तरकारी बिक्री गर्दै गरेको अनुगमन समितिले फेला पारेको थियो । डा ९ मा तरकारी बिक्री गर्ने भनेर पास लिएको हो,तर उनले गाडीमा तरकारी धरानको विभिन्न वडामा पुगेर बेच्ने गरेको पाइएकोले गाडी समेत अनुगमन टोलिले जफत गरेको धरान उपमहानगरपालिका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।