इटहरी : सुनसरीमा एक सहित नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयले १० बजेर १५ मिनेटमा जारि गरेको बिज्ञप्तिमा सुनसरीका एक सहित १८ जनामा कोरोना पुष्टी भएको जनाएको छ ।

धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिपोर्ट अनुसार सुनसरीका २८ बर्षिय पुरुष गढी गाउपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार उनि बैशाख ३० गते भारतबाट आएका थिए । 

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै गरिएको अर्को परीक्षणमा खोटाङ हलेसीका एक जना २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । सुनसरी र खोटाङमा यो पहिलो सङ्क्रमण देखिएको हो ।

यो संगै नेपालमा ३७५ जनामा कोरोना पुष्टी भएको छ ।