झापा : झापाको कचनकवल गाउँपालिकाका भारतसँग जोडिएका ५ वटा वडा सिल गरिएको छ ।

भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि गाउँपालिकाका पाँच वटा वडा सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले जानकारी दिएका छन् ।

कचनकवलका क्वारेनटाइनमा बसेकामध्ये १० जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार एक जना र मङ्गलवार ९ जनामा कोरोना देखिएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष आलमले जानकारी दिएका छन् ।

गाउँपालिकाभित्र रहेका सात वटा वडा मध्ये ५ वटा वडा भारतसँग जोडिएको र भारतसँग जोडिएको पाँच वटै वडा सिल गरिएको आलमको भनाइ छ ।