इटहरी : प्रदेश नम्बर एकको प्रदेशसभामाआगामी बर्षको बजेटको सैदान्तिक पक्षमा छलफल भएको छ । आज (बुधबार) देखि सुरु भएको छैटौँ एवंम बजेट अधिवेशनमा बजेटको सैदान्तिक पक्षमा छलफल गर्दै कृषि उत्पादनमा जोड दिने बताइएको छ ।

बजेटको सिद्धान्त र कार्यक्रम पेस गर्दै अर्थमन्त्री आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्रबहादुर आङबोले कृषि उत्पादनमा केन्द्रित हुने र उत्पादनमा आत्मनिर्भर हुने बजेट ल्याइने बताए ।

विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकता पेस गर्दा आङबोले स्वभाविक रुपमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादनमुखी बजेट ल्याउने तयारि छ ।

मन्त्री आङ्बोले उत्पादकत्वको माध्यमबाट गरिबि निवारण गर्दै शिक्षा र स्वास्थ्यको गुणस्तरमा बृद्धि, सुसाशन बृद्दि किसिमका कार्यक्रम समाबेस गरिने बताए ।

एउटा हालमा सभाको बैठक बस्न नसकेपछि स्क्रिन शेयर गरेर दुइ वटा हलबाट प्रदेश एकको संसद बैठक सँचालन गरिएको थियो । कोरोना रोकथाम तथा पूर्व तयारीकामा प्रदेश सरकार सजक रहेको बताउदै मुख्यमन्त्री शेरधन राईले डेढ महिना भित्र प्रदेश एकका ४० हजार व्यक्तिको कोरोना परिक्षण गर्ने बताए ।