धरान : धरान उपमहानगरपालिकामा कर्मचारीहरूका कारण पटक पटक समस्या देखिन थालेको छ ।

धरान उपमहानगरपालिकाले पत्रचार गर्ने र सम्बन्धित निकायलाई पत्र काट्ने काम धरान उपमहानगरका मेयर र उपमेयरको नभएर प्रशासन र सूचना शाखाले गर्नुपर्ने हुन्छ । तर पटक पटक पत्राचार र विभिन्न चाडपर्व र दिवसहरूमा धरान उपमहानगरपालिकाबाट पत्राचार गरिने चिठ्ठी पत्र र शुभकामना पत्रमा त्रुटिहरू भएका छन् । यसले धरान उपमहानगरपालिकामा विवाद हुने गरेका छन् ।

पहिलो घटना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपमहानगरपालिकाले चन्दा मागेको आशयको पत्राचारले उपमहानगरपालिका र मेयरले ठुलो आलोचना खेप्नुपरेको थियो । पछी आशय गलत नभएको भनेर मेयरले प्रष्टीकरण दिए  ।

त्यस पछि इदको शुभकामनामा पनि भाषागत त्रुटि भएको थियो । हुँदा हुँदा धरान उपमहानगरको कार्यपालीकाबैठकमा समेत फेरी अर्को गल्ती भएको छ ।

आज शनिवार बस्ने कार्यपालिकाको बैठक बस्न निर्णय भएको थियो । सो कार्यपालिका बैठकमा कार्यपालिकाको सदस्यहरूको अनिवार्य उपस्थिति हुनुपर्ने हुन्छ । तर शनिवारको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको उपस्थिति नभएपछि कार्यपालिका बैठक नै नबसी आइतबार फेरी बस्ने गरी स्थगित भएको छ ।

यसरी नगरको विकास र समृद्धिका विषयमा गहन छलफल हुने कार्यपालिका बैठकमा कार्यपालिका सबै सदस्यहरूलाई खबर गर्नुपर्ने हुन्छ तर कार्यपालिका सदस्यहरूको अनुपस्थितिको कारण आइतबार बिहान ८ बजे पुनः बस्ने गरी कार्यपालिका बैठक स्थगित गरिएको उपमेयर मञ्जु भण्डारी सुबेदीले बताइन् ।  कार्यपालिकाका सदस्यहरूलाई किन खबर पुगेन त भन्ने प्रश्नमा उपमेयरले भनिन् बैठकको लागि खबर उपमहानगरको प्रशासन र सूचना शाखाले गर्नुपर्ने हो त्यसो भएन छ ।

बिहान ८ बजे देखि सुरु हुने भनिएको कार्यपालिका बैठकमा कार्यपालिकाका ८ जना सदस्य कोहीलाई पनि खबर नगरिएको पाइयो । त्यसैले बैठक स्थगित भयो १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । उनका अनुसार अनौपचारिक २,४ कुरा भए अव भोलि आइतबार बैठक बस्ने भन्दै कार्यपालिका बैठक स्थगित भयो ।
कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूलाई खबर नहुनुबारेमा सूचना शाखाका सूचना अधिकृत खगेन्द्र खतिवडालाई बुझ्दा उनले भने सबैलाई खबर गर्दा ८ जनालाई एसएमएस गएन छ ।

धरान उपमहानगरपालिकामा कर्मचारीको कारण पटक पटक समस्या देखिँदै आएको छ । पत्र र शुभकामना सन्देशहरूमा भाषागत त्रुटि एकातिर छ भने धरान उपमहानगरपालिकाका प्रशासन र सूचना शाखाका कर्मचारी गम्भीर नहुँदा यस्तो समस्या दोहोरिँदै गएको बताइन्छ ।

धरान उपमहानगरपालिकामा पटक पटक यस्तो गल्तिहरु हुदै आएकाले यस्ता कमीकमजोरीको आफुले जिम्मेवारी लिने बताउदै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अव देखि आफ्नो अनुमति विना कुनै पनि काम हुनेछैनन् ।

कार्यपालिका सदस्यहरूको आपत्ति
धरान उपमहानगरपालिकाको शनिवार बिहान बस्ने भनिएको कार्यपालिका बैठकमा नबोलाइएकोमा एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

कार्यपालिका सदस्य ८ जनाले आफूहरूलाई कुनै जानकारी नदिई विगतका केही बैठकहरूमा समेत खबर नगरी बैठक बसेको भन्दै नगरप्रमुखसँग आपत्ति जनाएका छन् । यस विषयमा ८ जना कार्यपालिका सदस्यहरूले धरान उपमहानगरको ध्यानाकर्षण समेत गरेका छन् ।

Press-Relise