इटहरी :  मोरङको सुन्दररहैचा नगरपालिकाले नगरवासीलाई कुनै पनि समस्या परे तत्काल फोन गर्न आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणको दर फैलिरहेको अवस्थामा जनस्तरमा हुने विविध समस्याको समाधानको लागी नगरपालिकाले नयाँ तरिका अपनाएको हो ।  सामान्य देखी अति आवश्यक समस्याकोलागी पनि सम्बन्धित कार्यालय नै पुग्नुपर्ने बाध्यताबाट मुक्त गर्न घरबाटै समस्या टिपाउने विधि अवलम्बन गरिएको हो ।

नगरपालिकाले उपलब्ध गराएको अत्यावश्यक नम्बरमा प्रहरी कार्यालय देखी स्वस्थ चौकी नम्बर समावेश गरिएको छ । दमकल, शववहान, एम्बुलेन्स सेवा, प्रसूति गृह लगायत सेवा लिन चाहनेले सम्पर्क गर्न सक्ने भएका छन् ।

यसले गर्दा विभिन्न स्वास्थ्य समस्याको घरैमा बसेर उपचार पाउन सक्ने मेयर शिवप्रसाद ढकालको बुझाई छ । अत्यावश्यक सेवा लिनको लागी मानिसहरू अलमलमा पर्ने गरेकोले अब घटनास्थलबाट फोन गरेपछि तत्काल रेस्पोन्स हुने उनको भनाई छ ।

दुर्घटनाले भन्दा पनि दुर्घटना पछि आत्तिने कारण धेरै क्षति हुने भएकोले नगरपालिकाले उपलब्ध गराएको नम्बरमा सम्पर्क गरी सेवा लिँदा कम क्षति हुने देखिन्छ ।