धरान : धरान–८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि गए राति कार दुर्घटना भएको छ । कार पन्चर भई पोलमा ठोक्किएको थियो ।

बा १० च ८०९६ नं. को कार दुर्घटनामा मानवीय क्षति केही नभएको तर कारको अगाडीको भागमा भने पुरै कुच्चिएर क्षति पुगेको छ ।

कार अरुण पेट्रोल पम्पका सञ्चालक गोपाल श्रेष्ठको भएको प्रहरीले जनाएको छ । कार इलाका प्रहरी कार्यालयमा राखिएको छ ।