धरान : धरान १७ को एन्फा क्वारेनटाइनमा बसेका ४१ जनालाई आज डिस्चार्ज गरिदै छ ।

शनिबार विहान क्वारेनटाइन व्यावस्थापन समितिको बैठकले सो निर्णय गरेको एन्फा क्वारेनटाइन व्यावस्थापन समितिका सदस्य सचिव एवं १७ नम्वर वडा सचिव शिशिर श्रेष्ठले जानकारी दिएका छन् ।

क्वारेनटाइनमा बसेकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई होम क्वारेनटाइनमा पठाउन लागिएको धरान उपमहानगरपालिकाका स्वास्थय महाशाखाका प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएकोले उनीसंगै आएका र संगै कोठामा बसेका ३ जनालाई भने डिस्चार्ज गरिने छैन ।

आज क्वारेनटाइनमा नया थपिएका र संक्रमित संगै आएकाहरु गरी १५ जनाको थप थ्रोट स्वाब लिईने पनि प्रमुख मेहेताले जानकारी दिएका छन् ।