धरान : सुनसरीमा शनिवार थप ४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

भोक्राहा क्वारेनटाइनमा बस्ने २ जना महिला र २ जना पुरुष गरी जम्मा ४ जनामा शनिवार कोरोना पुष्टि भएको हो । उनीहरूको परीक्षण प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको बताइएको छ ।

शनिवार थपिएका ४ जना सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ पुगेको स्वास्थ्य कार्यालय सुसनरीले जनाएको छ । जस मध्ये १ बालिका सहित ४ जना महिला र ३५ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।