धरान : पछिल्लो अपडेट अनुसार २४ घण्टाको अवधिमा ३२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३२३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८६ पुरुष र ३७ जना महिला गरी २४ घण्टाको अवधिमा ३२३ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।