इटहरी : इटहरीका इन्जीनियरले खुट्टाले थिचेर सेनीटाइजर लगाउने मेसिन तयार पारेका छन् । जेष्ठ २४ गते शनीबार इटहरीमा उनीहरुले सो मेसीनको सफल परीक्षण गरेका हुन् ।

बिभिन्न सरकारी तथा निजी कार्यलयमा प्रयोग गर्न मिल्ने गरी मेसीन तयार पारेका हुन् । खुट्टाले थिचेर सेनीटाइजर लगाउन सकिन्छ । हातबाट संक्रमण फैलीने सम्भावना रहेकोले खुट्टालेनै हात धुन मिल्ने मेसीन तयार पारीएको निमार्ण कार्यमा संलग्न इन्जीनियर मोहन कार्कीले बताए ।

उनका अनुसार निजी तथा सरकारी कार्यलयमा यसको प्रभावकारी प्रयोग गर्न सकिने भएको छ । पछिल्लो समय सुरक्षा गार्ड आफै सेनीटाइजर बोकेर ढोकामा बस्ने गरेकोले यस मेसीनको उपयोगले जनशक्ति अभावको पुर्ती गर्ने उनको अपेक्षा छ । ३ हजार लागतमा तयार हुने उक्त मेसीन अर्डर अनुसार तयार गर्न सकिने उनले बताए ।

सोही टोलीले यस अघि संक्रमितको सम्पर्क नभई स्वाब संकलन गर्ने मेसीन र खुट्टाले चलाएर हात धुनमिल्ने धारा बनाएको थियो । जुन अहिलेपनि इटहरीको धेरै स्थानमा कार्यमा आइरहेको छ ।