इटहरी : इटहरीको द योङ्ग् ब्रदर्श क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८७ पिन्ट रगत सङ्कलन भएको छ ।

नेपाल विद्यार्थी सङ्घका सभापति राजीव ढुङ्गानाको प्रमुख अतीथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा ८७ प्रिन्ट रगत सङ्कलन भएको हो ।  शनिवार आयोजित प्रतिकुल मौसमका बाबजुद पनि रक्तदाताहरू उल्लेख्य सहभागी भएका थिए । लकडाउन र प्रतिकूल मौसमको कारणले गर्दा सोचेजती रगत सङ्कलन हुन नसकेको संस्थाका अध्यक्ष विकास केसीले बताए ।

महामारीको समयमा अस्पतालमा रगतको अभाव भएको समाचार बाहिर आइरहेको अवस्थामा सोही अभाव पूर्तिको लागी संस्थाले भूमिका खेलेको उनको भनाई छ । विगतमा पनि क्लबले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि सामाजिक जिम्मेवारीको क्षेत्रमा काम गरिरहेको उनले बताए ।