पथरी : उर्लाबारीमा रहेको मङ्गलवारे अस्पतालको नाम परिवर्तन गर्ने प्रदेश सरकारको निर्णय स्वीकार्य नहुने स्थानीयवासीले बताएका छन् । 

आइतबार मंंगलवारे अस्पताल आसपास भएको स्थानीयवासीले प्रदेश नम्बर १ सरकारले मङ्गलवारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रूपमा स्तर उन्नति गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो अस्पताललाई विकसित गर्ने निर्णय गरे सँगै स्थानीय वासीले मङ्गलबारेको पहिचान नामेट गर्न खोजेको आरोप लगाएका छन् ।

एक साताअघि मात्र प्रदेश सरकार मन्त्रिपरिषद्ले उर्लाबारी नगर अस्पताल रहेको मङ्गलवारे अस्पताललाई विशेषज्ञ चिकित्सक र त्यसका लागि आवश्यक उपकरण सहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो ।

२०४९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको सो अस्पताललाई ८ वर्ष अघि अस्पतालका रूपमा विकसित गरेको थियो । अस्पतालको नाम परिवर्तन गरेको प्रति उर्लाबारी ३ का वडा अध्यक्ष गञ्जवहादुर कार्कीले असन्तुष्टि व्यक्त गरे । उनले भने ‘मङ्गलवारे अस्पतालको नाम परिवर्तन गर्दा यहाँका स्थानीयवासी र जनप्रतिनिधि सँग प्रदेश सरकारले एक पटक परामर्श लिनु पर्ने थियो त्यो भएन त्यसले स्थानीय क्षेत्र को पहिचान नामेट गर्न खोजियो’ । प्रदेश सरकारले स्तर उन्नतिको नाममा अस्पतालमा राजनीति गर्न खोजेको स्थानीय युवा भीम थापाको भनाई छ ।

अस्पताल स्थापना गर्न मङ्गलबारेका स्थानीयवासीको भूमिका भए पनि प्रदेश सरकारले नाम हटाउन खोजेको स्थानीय प्रकाश चन्द्र थापाले बताए । हाल सो अस्पताल हाल १५ शैयाको रहेको रहेको छ । अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रूपमा विकास गर्न लागेको हो । त्यसका लागि गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी चार करोड बजेट छुट्टाएको छ । जसमा गएको आर्थिक वर्षको २ करोड रुपैयाँले आवश्यक उपकरण खरिद गरिएको थियो ।

मोरङ जिल्लाकै सुदूर पूर्वी भेगमा रहेको अस्पताल राजमार्गसँग जोडिएकै कारण हरेक दिन बिरामीको चाप समेत बढेको छ । २०४९ र ०५० सालमा नेपाल सरकारबाट स्वीकृत भई प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा उर्लाबारी ३ मङ्गलबारेमा अस्पताल स्थापना भएको हो ।

Manglbare-Hospital-1