धरान : सुनसरीको बराहक्षेत्र धाम नजिकैबाट ठुलो मात्रमा सखुवाको अवैध काठ सहित सखुवा बोक्ने ट्रिपर र दुई जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको छ ।

आइतबार राति साढे ११ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित नयाँ कोसी पुल चतरा बराहक्षेत्र धाम सडक खण्डमा उतरबाट दक्षिण तर्फ तीव्र गतिमा आइरहेको को १ ख ६९७४ नं. को टिपरलाई रोक्न खोज्दा टिपर केही पर लगी रोकेको र चालक भागेकोले उक्त टिपर शङ्का लागि चेक जाँच गर्दा टिपरको डालामा त्रिपालले माथिबाट छोपेको अवस्थामा सखुवा जातका विभिन्न किसिमका चिरान गरिएको सखुवाको काठ जम्मा ६७.२८ क्युबिक फिट फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले काठ सहित को १ ख ६९७४ नं. को मिनी ट्रिपरलाई नियन्त्रणमा लिई खोजतलास गर्ने क्रममा अवैध काठ बिक्री गर्ने ३७ वर्षीय अनिल सुब्बा, काठ ओसारपसार गर्ने ४६ वर्षीय ध्रुव प्रसाद गुप्ता सहित काठ सहितको ट्रिफर र ६७.२८ क्युबिक फिट काठ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेको काठ र २ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।