पथरी : पथरीशनिश्चरे नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को बजेट गत बर्ष भन्दा ६ करोड ४० लाख लाख घटाएर आगामी बर्षको बजेट सार्वाजनिक गरेको छ ।

बुधबार सम्पन्न नगर सभामा नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाद्वारा ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

गत बर्ष ७२ करोड ५२ लाख ६४ हजारको बराबरको बजेट प्रस्तुत गरिएकोमा यस कम बजेट प्रस्तुत गरिएको छ ।

यस आर्थिक बर्षमा चालु खर्च ११ करोड ६६ लाख २८ हजार ५ सय रुपयाँ र अन्य पुजिगत तर्फ बजेट बिनियोजन गरिएको हो ।

बिहिबार पत्रकार सम्मेलनमार्फत नगर सभाको विस्तृत जानकारी गराइने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए ।