प्रकाशपुर : बराहक्षेत्रमा लामो समय देखि नगरपालिकाको कार्य सञ्चालन र नेकपा भित्रको आन्तरिक विवाद यति बेला सतहमा देखिएको छ । नेतृत्वले 'बाइपास' गरेको भन्दै नेकपा बराहक्षेत्रका सचिवालय सदस्य तथा ५ नम्बर वडाका निर्वाचित वडाध्यक्ष राजु अधिकारीले राजीनामा बुझाएपछि नेकपाको विवाद सतहमा देखिएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ लागि ल्याएको बजेटको विषयमा समेत अधिकारीले असन्तुष्टि जनाएर नगरसभाको बैठकमा समेत भाग लिएका थिएनन् । नेकपाकै नेतृत्व तथा बहुमत भएको बराहक्षेत्रमा यति बेला आफ्नै आन्तरिक विवाद बढ्दै गएको हो ।

आफ्नो कुरा नगरपालिकामा र पार्टीमा सुनुवाइ नभएको भन्दै अधिकारीले राजीनामा बुझाएको स्वीकार समेत गरेका छन् । पार्टी नेतृत्व र नगरपालिकाको नेतृत्व अर्थात मेयरले आफूलाई बाइपास गर्न खोजेको अधिकारीको बुझाइ रहेको छ ।

अधिकारीको मात्र हैन केही हप्ता अगाडी ३ नम्बर वडा कार्यालय कहाँ बनाउने भन्ने विषयमा समेत बराहक्षेत्रका मेयर निलम खनाल र ३ नम्बरका वडाध्यक्ष रुद्र दाहाल बिचको द्वन्द्व सतहमा देखिएको थियो । नेकपा बाटै निर्वाचित दाहाल नगरपालिकाका प्रवक्ता समेत रहेका थिए । तर मेयर सँग विवाद परेपछि उनले प्रवक्ताबाट राजीनामा दिएका थिए ।

यस्तो छ अधिकारीले राजीनामा दिएको कारण

भर्खरै राजीनामा पत्र पार्टीमा अधिकारीका पार्टी र नगरपालिकाको काम बाट सन्तुष्ट नभएको देखिन्छन् । पार्टी र स्थानीय तहबीच समन्वय गर्न बराहक्षेत्रमा पार्टी इन्चार्ज, अध्यक्ष, मेयर,उपमेयर, पार्टी सचिव, २ जना वरिष्ठ वडाध्यक्ष र स्थानीय तह विभाग प्रमुख रहेको संयन्त्र गठन गरिएको थियो । तर सो संयन्त्रमा आफूलाई समाबेस नगरिएको भन्दै अधिकारीले असन्तुष्ट जनाएका हुन् ।

नेकपामा राजीनामा दिएका सार्वजनिक भएको पत्रानुसार अधिकारीले उक्त संयन्त्रमा अध्यक्षहरूमध्ये २ जना वरिष्ठ अध्यक्ष प्रतिनिधित्व गराउनुपर्ने भए पनि आफूलाई नगराइएको अधिकारीको भनाई छ ।