इनरुवा : जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका सुरक्षार्थ खटिएका बडीगार्डले आफैलाई गोली हानेका छन् ।

जिल्ला अदालतका ४ नम्बर इजलासका न्यायाधीश राईका बडीगार्ड प्रहरी हवलदार ओम प्रसाद खतिवडाले आफैलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी सुनसरीका प्रमुख कमल थापाका अनुसार खतिवडाले आफैले बोकेको पेस्तोलले कन्चटमा हानेका थिए । गोली लागेर घाइते भएका खतिवडाको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थापाले बताए ।

'बेलुका साढे सात बजे तिर आफैले आफैलाई गोली हानेको रहेछ' प्रमुख थापाले भने 'उद्धार गरेर उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा ९ बजे मृत्यु भएको हो ।'