इटहरी : रास्ट्रीय धान दिवसमा आफु जान नपाएको बिसयमा प्रदेश नम्बर कांग्रेस सांसद सन्जाकुमारी दनुवारले गुनासो गरेकी छिन् । धान दिवसमा प्रदेशका मन्त्रिहरुले सत्तापक्षका सांसदहरुलाई मात्र आफ्नो गाडीमा हालेर लागेको भन्दै गुनासो गरेकी हुन् ।

'उदयपुरमा राष्ट्रिय धान दिवस मनाउँदै हुनुहुन्छ, कति विभेद छ यहाँ ! मन्त्री ज्युहरू आफ्ना माननीयहरूलाई गाडीमा हालेर लग्नु हुन्छ' दनुवारले भनिन् 'हामीलाई फोनमात्र गरेर आउनु भन्नु हुन्छ । के बाट जानु हामीलाई पनि त जान मन छ । तर के गर्नु गाडी छैन ।'

प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको र सोमबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर उदयपुरमा भव्यतासाथ धान दिवस मनाउन गए पनि त्यस क्षेत्रका सांसदलाई भने सहभागी नगराइएको गुनासो गएकी थिइन् ।

मन्त्रीहरूले आफ्ना पार्टीबाट मात्र निर्वाचित सांसदहरूलाई मात्र लगेर आफुहरुको भने मुख टाल्नको लागि मात्र बोलाउने गरेको उनले बताइन । शुन्य समयमा गाडीको प्रसङ्गमा मात्र उठाएकी सांसद दनुवारले आफ्ना विपक्षी दलका सांसदलाई गाडी दिनु पर्ने अप्रत्यक्ष माग गरेकी थिइन् ।

'यदि हाम्रा नेपाली काँग्रेसका नेता हिमाल कार्कीको समेत गाडी प्राप्त भएको भए सायद हामी पनि जान्थ्यौ होला । यस्तै छ यहाँको चलन 'हार्नेको आँसु-आँसु जित्नेको खुसी' भन्ने गीत जस्तै हामीले सहनै पर्छ ।'