धरान : शुक्रवार २४ घण्टाको अवधिमा नेपालमा अहिले सम्मकै धेरै ७ सय ४० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगेको छ ।

कोरोना भाइरस सङ्क्रमण निको भएर डिस्चार्ज हुनेको कुल सङ्ख्या ६ हजार १ सय ४३ पुगेको छ ।