धरान : बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा बिहीबारथप १०८ जनामा कोरोना संक्रमण देखिएको हाल नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या संख्या १६ हजार ५ सय ३१ पुगेको बताए ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा साङकेतिक भाषमा दिनेश श्रेष्ठले सहयोग गरेका थिए । सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । ।