धरान : निरन्तर वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको बढ्यै छ ।

अहिले दिउसो १२ बजे मापन गरिए अनुसार अहिले २ घण्टाको अन्तरमा ८ हजार ४ सय ४० प्रतिसेकेण्ड क्युसेक बढी २ लाख २५ हजार ५५ प्रतिसेकेण्ड क्युसेक पानीको बहाव मापन गरिएको कोसी ब्यारेजका अनिकेश कुमारले जानकारी दिएका छन् । उनका अनुसार अहिले सम्म ५६ वटा ढोका मध्ये ३३ वटा ढोका खोलिएको छ ।

कोसीमा पानीको बहाव बढेपछि सप्तरीको कोशीव्यारेज दक्षिणको क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको बताइएको छ ।

यसै गरी तिलाठी कोइलाडी गाउँमा समेत जोखिम बढेको बताइएको छ ।  निरन्तर वर्षा भई रहने भएकोले कोसीमा बहाव पनि निरन्तर बढ्दै जाने बताइएको छ ।