धरान : सुनसरीको कोशी गाउँपालिका-८ भाण्टावारी चारकुनेमा लागूऔषध सहित एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा २० वर्षीया गिता देवी सदा रहेका छन । आइतबार प्रहरीले सदाको साथबाट  लागूऔषध १ सय एमएलको १० बोतल डाइलेक्स डि.सि र ५० ट्याव्लेट नाइट्रोसन बरामत गरेको छ ।

सिमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको प्रहरीले गितालाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा  उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।