धरान धरान उपमहानगरपालिकामा समुदायमा कोरोना सङ्क्रमण फैलिएको छ की छैन भनेर रेनडोम मास टेस्टिङको क्रममा आज सम्म ८ सय १ जनाको स्वाबको नमुना लिइएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संयोजकत्वमा गठित रेनडोम मास टेस्टिङले समुदायमा मास टेस्टिङ गर्ने भनिएको थियो । जस अनुसार मङ्गलवार देखि सुरु गरिएको मास टेस्टिङमा अहिले सम्म ८ सय १ जनाको स्वाबको नमुना लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । समितिले ५ सय जनाको स्वाबको नमुना लिएर समुदायमा कोरोना फैलिएको हो की होइन भनेर पहिचान गर्ने भनेकोमा अहिले सम्म कोरोना सङ्क्रमितको कनट्र्याक्ट ट्रेसिङ गरिएकाहरू सहित ८ सय १ जनाको समुदाय स्तरबाट स्वाब लिइएको हो । अझै रेनडोम मास टेस्टिङकै क्रममा भोलि धरान १५ मा थप स्वाब लिने प्रमुख मेहेताले बताए ।

मास टेस्टिङको क्रममा अहिले सम्म २ जनामा कोरोना पुष्टि भइसकेको छ भने बाँकीको रिपोर्ट आउन बाँकी रहेको छ । अहिले सम्म १ सय १६ जना मध्ये २ जनामा कोरोना पुष्टि भएको र अरूको भने प्रीति भल्भका संक्रमित सँग क्लोज कन्ट्रयाटमा रहेकाहरू रहेको बताइएको छ । पछिल्लो समय धरानमा समुदाय स्तरमै कोरोना सङ्क्रमण पुष्टि भएको छ ।