झापा: झापाको दमकमा गत बुधवार स्वाब सङ्कलन गरिएको एक जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ ।

पोजेटिभ देखिएका सशस्त्र प्रहरी ( पुरुष) हुन् । उनलाई यस अघि सङ्क्रमण देखिएका व्यक्तिसँगको कनट्र्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।

दमकस्थित क्वारेनटाइन व्यवस्थापन समितिका सदस्य कुवेर भट्टराईले ती सशस्त्र प्रहरीको पीसिआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । दमकमा सो दिन स्वाब सङ्कलन गरिएका १०७ मध्ये ४७ जनाको रिपोर्ट आएको र एक जना बाहेक अन्य ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले समेत दमकमा एक जनासहित प्रदेश एकमा कूल १४० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।