धरान : केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा गायक ग्लालेन दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरेको हो ।pakrau

 उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो। सोमबार र्‍याप शैलीको ‘देशद्रोही’ नामको म्युजिक भिडियो एक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

जसमा भिडियोको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाउँछन् । भिडियोमा साम्प्रदायिकता र जातियतामाा माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन्।

भिडियो मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।