द नेक्स्ट एजुकेशन कन्सलटेन्सी प्रालिले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरेर ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेशन फेयर’ गर्ने भएको छ । द नेक्स्ट एजुकेशन कन्सलटेन्सी प्रालि विगत १३ वर्ष अघि विदेशमा अध्ययनको लागी जाने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिन स्थापना भएको थियो । सोही कन्सलटेन्सीले देशका विभिन्न सहरहरुमा शाखा विस्तार गरी आफ्नो सेवा समेत विस्तार गरिरहेको छ । त्यसै सिलसिलामा धरानमा समेत आफ्नो शाखा कार्यालय स्थापना गरेर पूर्वका विद्यार्थीलाई धरानमा नै शैक्षिक परामर्श दिने व्यवस्था मिलाएको छ ।

विशेष गरी अष्ट्रेलिया अध्ययनका लागी जाने विद्यार्थीलाई परामर्श दिदै आएको कन्सलटेन्सीको धरान शाखाको व्यवस्थापन विगत एक दशकदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका प्रकाश लकान्द्रीले गर्नेछन् । यही जेष्ठ ५ गते शनिबारका दिन धरान स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा आयोजना हुने शैक्षिक मेलाका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीः

शैक्षिक मेला कहाँ कहिले हुदैछ ?
शैक्षिक मेला यही जेठ ५ गते शनिबारका दिन गोरखा डिपार्टमेन्ट स्टोरको सभाहलमा विहान १० बजेदखी सुरु हुदैछ ।

शैक्षिक मेला कस्ता विद्यार्थीको लागी हो ?
शैक्षिक मेला प्लस टु पास भएका तथा ब्याचलरमा अध्यनरत विद्यार्थीहरुको लागी हो । जो विदेशमा थप अध्ययनका लागी जाने सोच बनाइरहेका विद्यार्थीहरु छन् उनीहरुलाई लक्षित गरेर मेलाको आयोजना गरिएको हो ।

शैक्षिक मेलामा कहाँ कहाँका विद्यार्थीहरु सहभागी हुने अपेक्षा गर्नुभएको छ ?
शैक्षिक मेलामा विशेष त धरानका विद्यार्थीहरुको सहभागीता बढी हुन्छ । साथै हाम्रो कन्सलटेन्सीले पूर्वमा पहिलो पटक शाखा विस्तार गरेकोले पूर्वका सबै सहरहरु धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड, धनकुटा लगायतका विद्यार्थीहरु सहभागी हुने अपेक्षा गरेका छौ ।

किनभने हाम्रो कन्सलटेन्सीमा यस अघि पूर्वका धेरै विद्यार्थीहरु शैक्षिक परामर्श लिन आएका छन् । हाम्रो काम गर्ने शैलि तथा हाम्रो सुविधाहरु विद्यार्थीले थाहा पाइसकेका पनि छन्, आशा छ मेलामा धेरै भन्दा धेरै विद्यार्थीहरु सहभागी हुन्छन् ।

मेलामा सहभागी विद्यार्थीलाई के कुराको ज्ञान दिनुहुन्छ ?
विद्यार्थीहरुलाई धेरै भन्दा धेरै जानकारी होस् भन्ने उदेश्यले हामीले अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी तथा कलेजमा कार्यरत मार्केटिङ मेनेजरहरुलाई नै ल्याएका छौं । उहाँहरुले विद्यार्थीलाई थप अध्ययन कुन विषयमा गर्ने, कुन देशमा कस्तो अवसर हुन्छ र कुन फिल्डमा जादा विद्यार्थीलाई सफलता प्राप्त गर्न सहज हुन्छ भन्ने कुराको ज्ञान दिनुहुन्छ । साथै मेलामा आउने विद्यार्थीलाई शैक्षिक भविष्यको बारेमा समेत ज्ञान दिइन्छ । कुन देश जादा कति खर्च हुन्छ ? कुन कलेज पढ्दा कस्तो शिक्षा प्राप्त हुन्छ र यस अघि विदेश अध्ययनका लागी गएका विद्यार्थीहरुले कस्तो सफलता प्राप्त गरेका छन् यी सबै कुराका ज्ञान दिइन्छ ।

मेलामा सहभागी विद्यार्थीलाई केही अवसर पनि छ ?
हामीले मेलामा सहभागी विद्यार्थीलाई आइइएलटिएस कोर्ष निःशुल्क पढाइदिने, प्रोसेसिङ चार्ज समेत निःशुल्क गराइदिने र मेलामा सहभागी विद्यार्थीलाई लक्कि ड्र बाट १० जना विद्यार्थीलाई निःशुल्क ड्राइभिङ समेत सिकाइने छ ।

‘द नेक्स्ट अष्ट्रेलियन एजुकेशन फेयर’ गर्दै हुनुहुन्छ किन अष्ट्रेलियालाई नै रोज्नुभयो ?
अष्ट्रेलिया भनेको विश्वका सबैभन्दा बढी विद्यार्थीले अध्ययन गर्ने देश मध्ये एक हो । जहाँ विश्वका विद्यार्थीहरु अध्ययन गर्न जाने गर्दछन् । अब तथ्याङक नै हेर्ने हो भने विश्वका विद्यार्थीहरुको तेस्रो गन्तव्य हो अष्ट्रेलिया, त्यस्तै अष्ट्रेलियाका विदेशी विद्यार्थी मध्ये नेपालका विद्यार्थीको संख्या तेस्रो हो जहाँ चीन र भारत पछि नेपालका विद्यार्थीहरुको संख्या छ ।

साथै अष्ट्रेलियामा विश्वकै उत्कृष्ट युनिभर्सिटिहरु छन् । सुविधा सम्पन्न कलेजहरु छन् । नेपाल सुहाउदो हावापानी छ, अध्ययन पछिका अवसर असिमित छन् त्यसैले अष्ट्रेलियालाई नै रोजिएको हो ।

कस्ता विद्यार्थी जान्छन् अष्ट्रेलिया ?
अष्ट्रेलियामा जाने विद्यार्थीहरु यो उ भन्दा पनि सबै विषय पढ्ने विद्यार्थी जाने गर्दछन् त्यसमा विशेष भनेको साइन्स, नर्सिङ, अकाउण्टीङ, हस्पिटालिटी, होटल म्यानेजमेन्ट तथा इन्जिनियरिङका विद्यार्थीहरु धेरैको संख्यामा जाने गरेका छन् ।

तपाईहरु कुन–कुन कलेज तथा युनिभर्सिटिहरुमा पढ्न पठाउनुहुन्छ ?
हामी सेन्टर क्विसल्याण्ड युनिभर्सिटि, साउथन क्रस युनिभर्सिटि, युनिभर्सिटि अफ ओलोङगन, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटि अन्तर्गतका कलेजहरु क्विन्सपोर्ड कलेज, हार्वर कलेज, एआइबिटी कलेज, स्काइलाइन कलेज, क्याम्ब्रिज इन्टरनेशनल कलेज र अष्ट्रेलियन इन्टरनेशनल एकेडेमीमा अध्ययनका लागी पठाइ राखिएको छ ।

अन्तिममा के भन्नु हुन्छ ?
विद्यार्थीहरु विदेश पढ्न जाने सोच बनाउँछन्, इच्छा देखाउँछन् तर कहाँ जाने ? कसरी जाने ? के विषय पढ्ने ? कति खर्च लाग्ला ? भविष्य होला कि नहोला ? जस्ता प्रश्नले उनीहरुलाई अफ्ट्यारो पारिरहेको हुन्छ । त्यसैले शनिबार हुने शैक्षिक मेलामा सहभागी भएर त्यस्तो अन्यौलताबाट मुक्त हुन आग्रह गर्दछु । किनभने मेलामा शैक्षिक क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तितवहरु आउदै हुनुहुन्छ र त्यसको फाइदा उठाउनको लागी म विद्यार्थीहरु तथा अभिभावकलाई आग्रह गर्दछु ।

साथै अष्ट्रेलिया पढ्न जान सहज होस् भनेर बैंकिङ लोनको लागी एसबीआइ बैक र एनएमबी बैकसँग सहकार्य गरेका छौ । कलेजमा विद्यार्थीको क्षमता हेरेर २५ देखि ३० प्रतिशत छुट गराउनेसम्मको सुविधा दिएका छौ त्यसैले एकपटक शैक्षिक मेलामा सहभागी हुन पुनःआग्रह गर्न चाहान्छु ।