धरान : धरान-१४ काे बाबाधाम मार्गमा पहिरोले एक घर बगाएकाे छ भने एक घरमा क्षति पुर्याएको छ ।

धरान-१४ बाबाधाम मार्गमा रहेको कमली माया लिम्वुको घरलाई आज पहिरोले बगाएको छ भने कमली माया लिम्वुकै घर नजिकै रहेको गजेन्द्र बस्नेतको ट्वाईलेट पहिरोले बगाउनको साथै घरमा बस्नै नहुनेगरी क्षति पुर्याएको विजयपुर अस्थाई प्रहरी पोष्टका प्रमुख सई भिमबहादुर गुरुङले बताएका छन् ।

निरन्तरको बर्षा पछि पानी रहेको बेलामा आज दिउसो पहिरोले घर बगाएकाे तर मानवीय क्षति भने नभएको सई गुरुङले बताए ।

यस भन्दा अघि पनि पहिरोले दुई घरमा क्षति पुर्याएको भन्दै १४ नम्वर वडा कार्यालयले त्रिपाल वितरण गरेर पहिरोको रोकथाम गरिएको थियो ।