धरान : मदन भण्डारी स्पोर्टस एकेडेमीले संविधान दिवसको अवसरमा रक्तदान र दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ ।
यही असोज ३ गते शनिवार भानुचौकको लोकतान्त्रिक चौतारीमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम तथा बेलुका भानु चौकमै दीप प्रज्वलन कार्यक्रम गर्ने एकेडेमीका अध्यक्ष प्रशान्त पाठकले जानकारी दिए।

पहिलो चरणमा कोरोना महामारीको अवस्थामा ब्लड बैङ्कमा पनि रगत अभावको भएको अवस्थामा रक्तदान कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

दोस्रो चरणमा हातेमालो संस्था सँगको समन्वयमा निशुल्क स्वास्थ्य परीक्षण र परामर्श कार्यक्रम हुनेछ । तेस्रो चरणको कार्यक्रममा सेवक अभियानको सँगको समन्वयमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिकोलागी आयुर्वेदिक पद्दतीको जानकारी र चौथौँ चरणको कार्यक्रममा दीप प्रज्वलन समेत हुने आयोजकको भनाई छ।

२०६५ सालमा स्थापना भएको यस संस्थाले खेलकुद क्षेत्रलाई लक्षित गरी विभिन्न प्रतियोगिता गर्दै आएको छ ।