विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । यो सँगै प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । आज १ सय १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, सङ्खुवासभा र प्रदेश १ बाहिरका  १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको  छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरङको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ५ महिला ४ पुरुष, झापाको बिर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र सङ्खुवासभाको चैनपुरमा १–१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ९३ पुगेको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आइसोलेसन, विराटनगर र झर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३–३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।प्रदेश १ मा आज ९ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५३ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयले हाल सम्म १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको  छ ।