धरान : हुन्डाई अटोमोवाइल्सको नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरु माझ चाडपर्व लक्षित दशै तिहार योजना सार्वजनीक गरेको छ । यो योजनाको असोज ५ देखी मंसिर ५ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई उत्सवमय बनाउने लक्ष्यसहित यो योजना ल्याइएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।

यस योजनामा ग्राहकहरुले नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत रु. १ लाख सम्मको थप नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की-ड्र मार्फत हुन्डाई औरा १ थान तथा हुन्डाई ग्राण्ड आइटेन निओस समेत जित्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा तथा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उहाँहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलप्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु, तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ ।

यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।