झापा : झापाको गौरादहमा गत सोमबार हत्या गरिएको अवस्था शव फेला परेको विषयमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

घटनाबारे थप अनुसन्धान गर्न भन्दै प्रहरीले मृतकका श्रीमान् भीम भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

गौरादह नगरपालिका वडा नं १ की ६५ बर्सिया पार्वता भण्डारीको शव घरभित्रको खाटमुनि दुवै हात पछाडि बाँधिएको अवस्थामा सोमबार बेलुका फेला परेको थियो । घटनाको जानकारी पाए लगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै सङ्घीय प्रहरी हिकाइ धरानबाट तालिम प्राप्त कुकुर झिकाएर डग स्न्याफिङ गराएको थियो ।

तत्काल कुनै प्रमाण फेला नपरे पनि प्रहरीले यति बेला घटना घरभित्रबाट घटाएको हुन सक्ने आशङ्कामा मृतकका पतिलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको बताइएको छ ।