धरान : उल्लेखनीय मौसमी प्रणाली नभए पनि अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली भइरहेको छ । बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र प्रदेश २ को एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू भागमा आंशिक बदली रही अन्य भू भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसै गरी भोलि दिउँसो देशका पहाडी भू भागमा आंशिक बदली रही अन्य भू भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि राति देशका पूर्वी र मध्य पहाडी भू भागमा आंशिक बदली रही अन्य भू भागमा मौसम सामान्यतया सफा रहनेछ । यसै गरी पर्सि कार्तिक १२ गते दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू९भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

नेपाल सरकार

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः२०७७-०७-१० विहान ०६:०० बजे)

 

मौसम विश्लेषण (Meteorological Analysis):

उल्लेखनीय मौसमी प्रणाली छैन।


हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश  तथा गण्डकी प्रदेश आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान


 

कार्तिक १० गते (सोमबार):

दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र प्रदेश २ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।


राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

कार्तिक  गते (मंगलबार):

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।


राती : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

कार्तिक  गते (बुधबार):

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।  

 

राती : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।