धरान : पछिल्लो समय मौसम खुलेको छ । खुलेको मौसम सँगै पूर्वकै पर्यटकीय स्थल भेडेटारबाट देखिने कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु हिमालले भेडेटार पुग्ने जो कोहीको ध्यान तान्ने गर्दछ ।

अझ भेडेटारबाट देखिने तराईका पहेलपुर फाटहरुले झन् हिमाल देखि तराई सम्मको मनमोहक दृश्यले कसको मन नतान्ला र ?

कोरोनाको कहर सँगै सुनसान बनेको भेडेटार बजारमा यति बेला तराईबाट भेडेटार उक्लिनेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । भेडेटार बजार देखि केही उत्तर पश्चिममा रहेको पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूको घुइँचो पछिल्लो समय बढेको छ । यसले गर्दा पनि भेडेटारमा अरुबेलाको तुलनामा चहलपहल बढेको छ ।

तस्बिर : भैरब आङ्ला/कपुरी न्युज

Kumbhakarna-2 Kumbhakarna-3 Makalu-1 Makalu