धरान : आफ्नै गाउँ ठाउँमा मेहनत र परिश्रम गर्यो भने यही सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् धरानका मङ्गलसिंह आङ्बुहाङ लिम्बु ।

उनले के गरेनन् ? पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चाँगेमा ४३ वर्ष अघि जन्मिएका मङ्गलसिंहले जीवन सङ्घर्षको क्रममा वैदेशिक रोजगारीमा साउदी अरब पुगे ।

Bakhra-palan-1

त्यहाँ उनले १४ वर्ष काम गरे । १४ वर्ष विदेश बसेको र गरेको मेहनत सम्झेर उनले सोचे विदेशमै गर्ने मेहनत र परिश्रम स्वदेशमै गर्दा के हुन्छ ? त्यही सोचले अहिले मङ्गलसिंहलाई आङ्बुहाङ एग्रिकल्चर एन्ड लाइभ स्टोक फर्म प्रा.ली.को मालिक बनायो ।

Mangalsingh

यो फर्म धरान उपमहानगरपालिकाको वडा नं. ४ को पत्राङ्वारी सिरान सालघारीमा रहेको छ । त्यहाँ मङ्गलसिंहले २७ कठ्ठा ४ धुर जग्गामा २०७४ सालमा आङ्बुहाङ एग्रिकल्चर एन्ड लाइभ स्टोक फर्म प्रा.ली. दर्ता गरी सञ्चालनमा ल्याएका छन् ।

धरान बजार देखि करिब ५ किलोमिटरको दुरीमा रहेको सो फर्ममा हाल कृषि सम्बन्धी जानकारी लिनेहरु दैनिक जसो पुग्ने गर्दछन् । चारै तिर जङ्गलको बिचमा रहेको सो फर्ममा मङ्गलसिंहले बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती, बेसार खेती र फुल नर्सरी गरेका छन् ।

Battai-1

जङ्गलको बिचमा रहेको सो फर्म झट्ट हेर्दा लाग्छ जङ्गलको बिचमा कुनै बस्ती जस्तै । तर त्यहाँ मङ्गलसिंह आङ्बुहाङले केही सहयोगीका साथमा कृषि कर्म गरिरहेको अवस्थामा भेटिन्छन् ।

विदेशमा गर्ने काम र मेहनत यही गर्न सक्यो भने यही विदेशमा कमाइने पैसा कमाउन सकिने बताउँदै मङ्गलसिंहले भने जया निङ्लेकु लिम्बुको साथ र सहयोगले अझ अघि बढ्ने हौसला मिलेको छ ।

Battai

मङ्गलसिंह नेकपा १४ नम्बर वडा कमिटीका सचिव पनि हुन् । राजनीति र कृषीकर्मलाई कसरी अगाडी लानुहुन्छ त ? भन्ने प्रश्नमा उनले भने सबै कुरा मन हो समयको व्यवस्थापन गर्न सकियो भने राजनीति र कृषि कर्मलाई सँगसँगै लान कुनै समस्या नहुने उनी बताउँछन् ।

विषेशगरी फर्मको काममा आफै खटने मङ्गलसिंह आङ्बुहाङले फर्मलाई अझ धेरै सुधार गरेर सञ्चालन गर्ने तयारी भइरहेको बताउँछन् ।

Kukhura-palan-1

धरान आउने जो कोहीको आकर्षणको केन्द्र बनाउनका लागि केही समय पछि होमस्टे समेत सञ्चालन गर्ने सोच बनाएको उनी बताउँछन् । त्यसका लागि केही नमुना होमस्टेका घर समेत बनाई सकेका छन् ।

उनी भन्छन् ''हेरौँ समयले कत्तिको साथ दिन्छ ? सोचेको कुरा कत्तिको पुरा हुन्छ ? मेहनत र परिश्रम निरन्तर जारी रहन्छ ।''

Bakhra-palan-1 Faram Kukhura-palan Kukhura-palan-1