धरान : पूर्वकै सुन्दर नगरी धरान उपमहानगरपालिका यस्तो सहर हो यहाँ तराई पहाडको सङ्गम स्थल जहाँ तराई र पहाड दुवै ठाउको झल्को दिने स्थलहरू प्रश्वस्त मात्रमा पाइन्छ ।

धरान उपमहानगरपालिकाको वडानं। ६ पानबारीको समथर क्षेत्रले तराईको झल्को दिने गरेको छ भने धरान नजिकै सेउती पारीको पत्राङ्वारी, सालघारी र दानाबारीका ती ठाउँहरूले पहाडी गाउँले परिवेश झल्काएका छन् । धरानका पर्यटन व्यवसायी वासुदेव बराल भन्छन् “सहर भित्र गाउँले परिवेश खोज्नुपर्‍यो भने धरान ४ को पत्राङ्बारी, दानाबारी र बिष्णुपादुका क्षेत्र अत्यन्तै राम्रो छ ।

सहरबाट केही दुरीमा रहेका यी ठाउँहरू धरानको गहना हो । ती ठाउँहरूको प्रवर्द्धन गर्न जरुरी रहेको पर्यटन व्यवसायी बरालको भनाई छ ।

पत्राङ्बारी : 
धरान ४ को पत्राङ्बारी क्षेत्रको धान खेती यति बेला रोमाञ्चक देखिएको छ ।

यति बेला त्यहाँको वातावरणमा नरमाउने सायदै होलान् । त्यहाँ बनेका गाउँले शैलीका घरहरू अनि खेती पातीले साँच्चै गाउँको परिबेसलाई मज्जाले सम्झाउँछ ।

पत्राङबारी सामुदायिक बन सुनसरी जिल्लाकै पहिलो समुदायमा हस्तान्तरण गरिएको बन भएको पाचकन्यका पूर्व गाविस अध्यक्ष रमेश बस्नेत बताउँछन् ।

तल्लो फेदीमा घना सालको जङ्गल, नजिकैको बस्तीहरू अनि पहेलपुर झुलेका धानका बालाले यति बेला पत्राङ्बारी साँच्चै सुन्दर र मनमोहक देखिन्छ ।

Patrangbari

पाँचकन्या :
पत्राङ्बारी नजिकै रहेको एउटा धार्मिक स्थल हो पाँचकन्या ।

यही धार्मिक स्थलको नामबाट पहिले हालको पानमारा, पत्राङबारी, दानाबारी लगायतका ठाउँहरुलाई पाँचकन्या गाविस भनिएको थियो । पाँचकन्या मन्दिर ऐतिहासिक धार्मिक स्थल हो ।

यो मन्दिर धरान भित्रै भए पनि अरू धार्मिक मठ मन्दिरहरूको तुलनामा ओझेलमा रहेको छ । अहिलेको धरान दानाबारी सडक खण्डको किनारामा रहेको यो मन्दिरमा पाँचकन्या देवीहरूको पूजा हुने गर्दछ ।

२०५४,५५ साल तिर पाँचकन्या गाविसले केही रकम विनियोजन गरे पछि त्यहाँ मन्दिर बनेको पूर्व अध्यक्ष बस्नेत बताउँछन् । सो क्षेत्रमा गाडी चल्ने बाटो भने ५२ सालमै बनेको थियो ।

Pachkaneya-mandhir

दानाबारी :
साविकको पाँचकन्या गाविस हाल धरान उपमहानगरपालिकाको वडानं. ४ दानाबारी पछिल्लो समय धरानको एउटा पर्यटकीय गन्तव्यकोरुपमा विकास हुँदै गएको छ ।

दानाबारी आफैमा ऐतिहासिक स्थल हो । दानाबारीमा रहेको गढीडाडा विजयपुर गढीको पहिलेको शाखा गढी हुन सक्ने इतिहासविदहरुको भनाई छ ।

त्यस सँगै पछिल्लो सयौँ दानाबारीमा राशि रिसोर्ट धमाधम निर्माण भइरहेको छ । दानाबारीबाट मौसम खुलेको बेलामा धरानको सबै क्षेत्र दानाबारीबाट देखिन्छ ।

अहिले दानाबारीमा राखिएको ठुलो राष्ट्रिय झन्डाले अर्को आकर्षण थपेको छ ।

Danabari