धरान : नेपालीहरूको दोस्रो ठुलो पर्व तिहार नजिकिँदै गर्दा बारीमा लगाइएका फुल फुलेर धपक्कै भएका छन् ।

दसैँ अगाडीनै फुल फुलेपछि फुल किसानहरू फुलले तिहार नभेट्टाउला की भन्ने चिन्ताले पनि उत्तिकै सताएको छ । तर पुष्प व्यवसायीहरू भने यो पटक दसैँ अघि फुलेको फुलले तिहारलाई मज्जाले भ्याउने बताउँछन् ।

धरानमा हरेक वर्ष २५ देखि ३० करोड बरावरको फुलको कारोबार हुने फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सदस्य तथा पुष्प व्यवसायी प्रेम पराजुली बताउँछन् ।

उनी भन्छन् 'यस पटक फुल दसैँ अघि फुले पनि तिहारकालागि गज्जबले भ्याउँछ । विगतमा भारतीय फुलले बजार लिएको भए पनि यस पटक धरान आसपासका क्षेत्रहरू पानमारा, चतरा, र पहाडी जिल्लाहरूमा फुल फुलेर धपक्कै भएको छ ।'

Phul-4

विगतमा फुल राम्रो सँग छिप्पिन पाएको हुँदैन थियो । यस पटक मज्जाले फुल छिप्पिन पाएको छ । यसले गर्दा धरानमा तिहारमा फुल अभाव नहुने पराजुलीको भनाई छ ।

विगतका वर्षको रेकर्डलाई हेर्ने हो भने धरानको कृषि उपज बजार स्थलमा ५ लाख बढीको फुल पहाडी क्षेत्रबाट आयत हुने गर्दथ्यो ।

यस पटक कोरोनाका कारण र फुल अगाडी नै फुले पनि तिहारमा फुल अभाव नहुने कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराई पनि बताउँछन् । तिहारमा फुलको अभाव नहुने तर फुलले मूल्य चाही विगतको जस्तो नपाउने पो हो की ? भट्टराई भन्छन् ।

मुख्य गरी सयपत्री फुल दसैँ अघिबाट फुल्यो । यसरी फुल फुल्दा तिहारमा फुल नपाइने पो हो की भन्ने सबैलाई लागेको मात्रै हो । तर अहिले धपक्कै फुलेको फुल अझै पुरै फुल्न बाँकी रहेकोले तिहारमा फुल अभाव नहुने बताइन्छ ।

Phul-3

फुलको मूल्य घट्न सक्छ :
यस पटक कोरोनाका कारण नेपाली फुलले मूल्य विगतको जस्तो नपाउन सक्छ ।

दसैँ अगाडी नै फुल फुले पनि सयपत्री फुल चाडै नओइलिने भएकोले तिहार सम्म फुल नझर्ने नओइलिने बताइन्छ । भारतीय फुलमा निर्भर नेपाली बजार यस पटक स्थानीय नेपाली फुलले धान्ने छ ।

तर विगतको जस्तो कोरोनाका कारण फुल खपत नहुने सम्भावना रहेको पुष्प व्यवसायीहरू बताउँछन् । भाइटिकामा धेरै फुल खपत हुने भए पनि यस पटक भाइटिकामा कोरोनाकै कारण कम फुल खपत हुनेछ ।

दसैँ अघि फुल फुले पनि नेपाली बजारमा यस पटक नेपालकै फुलले बजार धान्ने पुष्प व्यवसायीहरूको दाबी रहेको छ ।

Phul-1