धरान : धरान-१४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा आज ठुलो मात्रामा भक्तजनहरूको उपस्थिति रहेको थियो ।

कोरोनाका कारण सरकारले मठमन्दिर खुल्ला नगर्ने निर्णयको आज बुढासुब्बा मन्दिरमा पालना भएन । बुढासुब्बा मन्दिर व्यवस्थापन समितिले मन्दिर खोलेको भने होइन ।

Budhasubba-6

झापा, मोरङ, र पूर्वी पहाडी जिल्लाका भक्तजनहरूको ठुलो भिड लागे पछि भक्तजनलाई पूजा गर्न दिइएको श्री बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षक परिषद्का सचिव उत्तम आलेले बताए ।

उनका अनुसार लामो समयको लकडाउन पछि बुढासुब्बा मन्दिरमा ठुलो मात्रमा भक्तजन उपस्थित आज भएको धरान-१४ निवासी प्रेम पराजुलीले बताए । उनका अनुसार आज मात्रै करिब ५ हजारको हाराहारीमा सर्वसाधारण बुढासुव्वामा पूजा गर्न आए ।

झापा, मोरङ, सुनसरी, उदयपुर र पहाडी जिल्लाबाट समेत सर्वसाधारण बुढासुब्बा मन्दिरमा पूजा गर्न आइपुगेको उनले बताए ।

Budhasubba-5

प्रशासनले मन्दिर नखोल्न भने पनि आज भने बुढासुब्बा मन्दिरमा ठुलो मात्रमा भक्तजनको उपस्थिति भएपछि मन्दिरमा सामाजिक दुरी कायम गराउन र साबुन पानीले हात धुन लगाएको श्री बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षक परिषद्का सचिव उत्तम आलेले बताए ।

Budhasubba-1

नेपालकै प्रसिद्ध धार्मिक स्थल बुढासुव्वामा कार्तिक र चैत्र महिनामा भक्तजनको ठुलो भिड लाग्ने गर्दछ । यस पटक गएको चैत्रमा लकडाउनका कारण भक्तजन आउन नपाएकोले यस पटक बल्ल बल्ल भाकल छिनाउन आएको तेह्रथुमबाट पूजा गर्न आइपुगेका एक भक्तजनले बताए ।

Budhasubba-3

आज एक्कासि मन्दिरमा भिड बढ्दा मन्दिरमा टाढा टाढाबाट आएका भक्तजनलाई स्वास्थ्य सावधानी र प्रोटोकल अपनाएर पूजा गर्न दिइएको मात्रै हो । मन्दिर भने खुल्ला नभएको श्री बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षक परिषद्ले जनाएको छ ।

Budhasubba-2 Budhasubba-4 Budhasubba-9 Budhasubba-8 Budhasubba-11 Budhasubba-13