धरान : धरान-१४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा आज पनि भक्तजनको भिड लागेको थियो ।

चैत्र र कार्तिक महिनामा विशेष गरी भक्तजनको भिड हुने बुढासुब्बा मन्दिरमा यस पटक गएको चैत्र ११ गतेबाट लकडाउनमा बन्द रहेको र लकडाउन खुले पछि भने बुढासुब्बा मन्दिरमा कार्तिक महिनामा पूजा गर्न आउने भक्तजनको भिड बढेको हो ।

Budhasubba-5 13

मन्दिर बन्द नै रहेको भए पनि गएको शनिवार र आज अत्यन्तै धेरै भक्तजन बुढासुब्बा मन्दिरमा पूजा गर्न भक्तजनहरू आईपुगेको श्री बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षक परिषद्का सचिव उत्तम आलेले बताए । आलेका अनुसार मन्दिर खुलेको होइन तर गएको शनिवार र आज टाढा टाढाबाट भक्तजनहरू ठुलो सङ्ख्यामा आइपुगेकोले बुढासुब्बा मन्दिरमा भिड बढेको हो ।

Budhasubba-3 13

मन्दिरको मुख्य प्रवेशद्वारको ठुलो गेट बन्द नै थियो । सानो गेट खोलेर नित्य पूजा हुँदै गर्दा स्वतःस्फूर्त भत्तजनहरुको घुइँचो आज पनि लागेको सचिव आलेको भनाई छ । हुँदा हुँदा सम्हाल्नै नसक्ने गरी भिड बढ्यो ।
सरकारले देशभरका मठ मन्दिरहरू नखोल्न भनेको भए पनि पूर्वको पाथीभरा, धरान नजिकैको भेडेटारमा रहेको पाथीभरा मन्दिरमा सर्वसाधारणको भीड बढेकोले धरानको बुढासुव्वामा पनि भिड बढेको बताइन्छ । पाथीभरामा त सरकारमा बसेका मन्त्रिहरुनै दर्शन गर्न आएको खबरहरू आइरहेकोले पनि सर्वसाधारण बुढासुव्वामा पूजा गर्न आएको हुन सक्ने बताइन्छ ।

Budhasubba-2 13

कार्तिक र चैत्र महिना विशेष महिना भएकोले कार्तिकको अरू दिन पनि बुढासुव्वामा भक्तजन आउन सक्ने भएकोले भोलि बिहान १४ नम्बर वडा कार्यालय, श्री बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षक परिषद् र प्रहरी बसेर मन्दिर पुर्णरुपमा बन्द गर्ने निर्णय गरेर अगाडी बढ्ने सचिव आलेले बताए ।

सरकारले निर्णय गरेको कुरालाई कार्यान्वयन गर्नका लागि प्रहरी प्रशासनले पनि मन्दिरमा आउनेलाई बाटोमै रोक्ने गरी भोलिको बैठकले निर्णय गर्ने बताइएको छ ।

Budhasubba-1 13