धरान : धरान उपमहानगरपालिकाको वडा नं. २० को चिण्डेडाँडा पछिल्लो पटक घुम्नेहरूको लागि र भ्यु हेर्नेहरूको लागि आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

Paraglading

चिण्डेडाँडाबाट दैनिक हुने प्याराग्लाडिङ र त्यहाँबाट देखिने पुरै धरानको दृश्य अनि आसपासका प्राकृतिक सुन्दरताले सजिएका सुन्दर दुश्यहरु हेरीरहुँ लाग्छ ।

Paraglading-3

धरान-१३ को देवी मार्गबाट कालीखोला हुँदै कच्ची सडकबाट पुग्न सकिने चिण्डेडाँडा मुख्यतया धरान हेर्ने ठाउको रुपमा परिचित बन्दै गएको छ । चिण्डेडाँडा नजिकै केही मास्तिर टोड्केमा बनेको भ्यु टावरले गर्दा अझ चिण्डेडाँडा र टोड्के बाह्य तथा आन्तरिक पर्यटकहरूको आर्कर्षणको केन्द्र बन्दै गइरहेको छ ।

Paraglading-1

चिण्डेडाँडाबाट भालुढुंगा, विष्णुपादुका मन्दिर र माछामारा हुदैं पुनः धरानको मङ्गलवारे निस्कन सकिने सडकले गर्दा पनि अहिले चिण्डेडाँडा पर्यटकीय गन्तव्य बनेको छ ।

Paraglading-8

चिण्डेडाँडाबाट धरान, धरानदेखि नजिकै रहेको चारकोशे जङ्गल, पानमारा, पत्रांबारी, भेडेटार र तराईका समथर फाँटहरु मौसम खुलेको बेलामा मजाले अवलोकन गर्न सकिन्छ ।

Chindedada-3 Chindedada-2Paraglading-4 Paraglading-5Paraglading-7 Paraglading-6 Paraglading-9 Paraglading-10 Paraglading-11 Paraglading-A Patranbari Todke-Viuepoint

Dharan Bhedetar Charls-point

Todke-Veupoint