झापा : पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपामा कोरोना नभएर सिजनल फ्लु मात्र लागेकाले छिट्टै निको हुने बताएका छन् ।

बुधबार प्रेस सङ्गठन नेपालमा आबद्ध जिल्ला कार्यसमिति झापाका सदस्यलाई शपथ ग्रहण कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा मन्त्री भट्टराईले यस्तो बताएका हुन ।

'बाहिर हल्ला भएजस्तो नेकपा भित्र केही भएको छैन । सामाजिक सञ्जालमा अनावश्यक कुरा आएकोले धेरै हल्ला भएको हो । कार्यकर्ताको हातमा पेट्रोल र पानी दुवै छ । पेट्रोल हाले आगो बल्छ पानी हाले आगो निभ्नुका साथै शितलता प्राप्त हुन्छ' । त्यसैले अब पाटी को आन्तरिक छलफललाई पाटी कार्यकर्ताले आगोमा पेट्रोल हाले जस्तो गरी अनावश्यक कुरालाई सामाजिक सञ्जालबाट फैलाउनेकी पानी हाले जस्तो सत्य कुरालाई मात्र बाहिर ल्याउने त्यो कुरा कार्यकर्ताको हातमा रहेको मन्त्री भट्टराईले बताए ।

नेकपा धेरै अगाडी बढीसकेको छ अव पछाडि फर्किने ठाउँ छैन । यो विषयमा पाटी अध्यक्षलाई मात्र नभएर सबै कार्यकर्तालाई चिन्ता छ । यो सङ्कटको बेलामा पहिले सामाजिक सञ्जालमा सेभ भएका अनावश्यक कुरालाई पोस्ट नगर्न समेत मन्त्री भट्टराईले अनुरोध गरेका छन ।

प्रेस सङ्गठन नेपालमा आबद्ध जिल्ला कार्यसमिति झापाका संयोजक मुक्ति पौडेल र सह संयोजक टिकाराम उप्रेती लगायत ३९ जना सदस्यलाई नेकपा केन्द्रीय सदस्य तथा प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर १ का संयोजक राजन केडीले शपथ ग्रहण गराएका थिए।

प्रेस सङ्गठन नेपालमा प्रदेश नम्बर १ का सह संयोजक सदस्य गणेश पोख्रेलले स्वगत मन्तव्यका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका नेता समेतको उपस्थिति रहेको थियो ।