धरान : धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ ।

पाँचकन्या सामुदायिक वन उपभोक्ता समूहले यसको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) समेत तयार गरिसकेको छ ।

पाँचकन्या सामुदायिक वनको समीपमा करिब ५ बिगाहा क्षेत्रफलमा बन्ने पार्कमा चिल्ड्रेन्स पार्क, मिनी चिडिया घर, पिकनिक स्पोर्ट, हरियाली पार्क, स्विमिङ पुल, सेमिनार हल, मनोरञ्जन स्थल लगायतको निर्माण गरिने वनका अध्यक्ष रमेश पौडेलले बताए ।

उनका अनुसार धरान पर्यटकीय नगर भएको र विशेष गरी पूर्व पाँचकन्या गाविस धरानमा समाहित भएपछि पाँचकन्याको अस्तित्व नै लोप भएका कारण पनि पाँचकन्या पार्कको नामले आफ्नो पहिचान कायम राख्न पार्कको अवधारणा ल्याइएको हो ।

पार्कको डिपिआर निर्माण भइसकेको बताउँदै वनका उपाध्यक्ष मेघराज खत्रीले आवश्यक बजेटका लागी पहल गर्ने काम भइरहेको बताए । पाँच करोड बढीको लगानीमा बन्ने पार्कले पानवारीको मात्र नभई धरानकै एक उत्कृष्ट गन्तव्य बन्ने खत्रीको भनाइ रहेको छ ।

Panchakaneya-Park-1 Panchakaneya-Park-2 Panchakaneya-Park-3