धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा इलाम र मोरङका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको सूचना केन्द्रले दिएको जानकारी अनुसार इलामका २५ वर्षीय पुरुषको गए राति साढे ९ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

यसै गरी मोरङको सुन्दरहरैचाका ६७ वर्षीय पुरुषको उपचारको क्रममा आज विहान ६:४० बजे मृत्यु भएको प्रतिष्ठान सूचना केन्द्रले जानकारी दिएको छ ।