धरान : धरान उपमहानगरपालिकामा सोमबार साँझ फेरि २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेतका अनुसार एन्फा क्वारेनटाइन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३३३० पुगेको छ ।