धरान : धरान उपमहानगरपालिकामा बुधवार साँझ थप १५ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधवार बिहान १२ जनामा कोरोना पुष्टि भएको थियो भने साँझ थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बुधवार एकै दिन धरानमा २७ जना कोरोना संक्रमित थपिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३३७३ पुगेको छ ।