धरान : धरानको प्रस्तावित बसपार्कको निर्माणका लागि तयार गरिएको डिपिआर नक्सा भौतिकपूर्वाधार विकास मन्त्रालय प्रदेश नं १ बाट अझै स्वीकृत भएको छैन । 

सहरी विकास तथा भवन कार्यालय मोरङद्वारा तयार पारिएको डिपिआर स्वीकृत गराउन पेस नगरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहनकुमार शाक्यले जानकारी दिए । 

ठुलो लागतमा बन्ने प्रस्तावित बसपार्कको आर्थिक स्रोत सुनिश्चित नभएकाले स्वीकृत गरे पनि हाल कार्यान्वयनमा नआउने सचिव शाक्यको भनाइ छ । उनले भने बसपार्कको निमार्ण कार्य नगर विकास कोष आयोजना काठमाण्डौं अन्तर्गत  हल्का ब्याजमा बजेट लिएर काम गर्न सकिन्छ तर, त्यसका लागी धरान उपमहानगरपालिकाले 'लिडिङ रोल' नेतृत्व नगरेको उनले बताए । प्रदेश सरकारसँग बैठक बस्न ढिला सुस्ती गरेको उनले बताए ।

धरान उपमहानगरपालिकाले नगर गौरव योजना अन्तर्गतको प्रस्तावित बसपार्क निमार्णकोे डिपिआर हाल सम्म पनि स्वीकृत नभए पछि नयाँ आर्थिक वर्ष २०७७/७८ मा स्वीकृत गराएर बहु वर्षीय योजनाका कुनै पनि कामहरू गर्न अर्थ मन्त्रालयले रोक लगाएको छ ।

बसपार्कका लागि प्रदेश सरकारले दिएको ४० लाख बजेट पनि कोरोनाको महामारीले गर्दा ५० प्रतिशत मात्र खर्च गर्न  अर्थ मन्त्रालयले लिखित पत्राचार गरी आदेश समेत दिएको छ । 

रिसिकेस सर्भिस प्राइभेट लिमिटेड इमाडोल ललितपुरले तयार पारेको उक्त डिपिआर  १९ लाख  ६६ हजार १ सय ९९ रुपैयाँ खर्चमा बनेको थियो । मितिले पूर्ण तयारी भएको  १४ महिना बितेको छ । प्रदेश सरकारले तयार पार्न लगाएको उक्त बसपार्कको डिपिआर नक्सामा प्राविधिक त्रुटि भएकै कारण बन्न लागेको बसपार्कको काम रोकिएको छ ।

सहरी विकास तथा भवन कार्यालय मोरङका कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर  मिलन आर्चायका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा ४३ करोड  २ लाख ९५ हजारको लागतमा बनिने भएको उक्त बसपार्कका लागि सङ्घीय सरकारले  ३ करोड ३० लाख  रकम विनियोजन गरेको उनले जानकारी दिए ।

सिनियर डिभिजनल इन्जिनियर आर्चायले कार्यालयमा आफू भर्खर नयाँ आएकाले डिपिआर स्वीकृतको कुरा थाहा नपाएको बताउँदै उनले कपुरी न्यूज सँग भने तत्काल मन्त्रालयमा डिपिआर स्वीकृतका लागि पेस गर्ने बताएका छन् ।

धरानमा बन्ने स्मार्ट बसपार्क उदयपुर, सुनसरी र मोरङकै सबैभन्दा राम्रो र व्यवस्थित भएको टर्मिनल बसपार्क रहेको इन्जिनियरहरूको दाबी रहेको छ ।

प्रदेश सरकारले तयार गर्न लगाएको डिपिआरमा रडको एक पैसा नजोडेकाले उक्त डिपिआर जति नै महत्त्वाकाङ्क्षी भए पनि रडसहितको रकम जोड्दा धरान नगरको आर्थिकले भ्याएन त्यसैले कार्य ढिला भएको उपमहानगरपालिकाका मेयर तिलक राई बताए । उनले भने विनियोजन रकमले भ्याउँदैन, दिनदिनै निमार्ण सामग्रीको मूल्य पनि बढ्दो छ, त्यसैले पुन बैठक बसेर बसपार्क नीति बनाउनु पर्ने उनले बताए ।

सङ्घीय सांसद जय कुमार राईले अबको १ वर्षमा मात्र बसपार्क निमार्ण कार्य सुरु हुने बताए । उनले भने पूर्ण निर्माणका लागि टुङ्गो नै छैन ।

१ बिघा १० कठ्ठा जग्गामा बन्ने स्मार्ट बसपार्क अहिले जहाँ लागु औषध प्रयोगकर्ताहरूको अखडा बनेको छ । बसपार्क बन्ने भनिएको ठाउँ अलपत्र बनेको छ ।  

Dharan-Buspark-1

C BA