धरान : धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत निर्माण हुने भनिएको स्मार्ट बसपार्कको डिपिआरको स्केचमा ४३ करोडबाट ६४ करोड लागत पुगेपछि बिहीबार धरान उपमहानगरपालिकामा बसपार्क निर्माणबारे सरोकारवाला सँग छलफल भएको छ ।

४३ करोडको लागतमा बनिने भनिएको डिपिआर तयार भएर आउँदा लागत ६४ करोड बनेर आएपछि प्रस्तावित बसपार्कको आर्थिक स्रोत सुनिश्चित नभएको भन्दै बिहीबार धरान उपमहानगरपालिकामा छलफल भएको हो । 

बैठकमा सबै राजनीति दलहरू, यातायात व्यवसायी ,पूर्व जनप्रतिनिधि र विज्ञ सल्लाहकार परामर्शदाताको सहभागितामा रहेको  थियो । बिहीबारको बैठकले तयार भएको डिपिआर  अनुसार बसपार्क निमार्ण गर्न नसकिने भएकाले डिपिआर संशोधित गर्ने प्रदेश सरकारलाई अनुरोध गरी अगाडी बढ्ने कुराको निष्कर्ष निकालेको छ । थप बजेटको निकासा गर्न  सङ्घीय सरकारलाई पहल समेत गर्ने भएको छ ।

बसपार्कको निमार्ण कार्य नगर विकास कोष आयोजना काठमाण्डौंबाट हल्का ब्याजमा बजेट लिएर काम गर्न सकिने प्रावधान रहे पनि व्याजमा बजेट लिएर बसपार्कको कार्य नगर्ने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् ।

डिपिआर स्वीकृत गर्ने, पेस गर्ने  जस्ता कुरामा सम्बन्धित निकाय आफै गम्भीर भएर नलागेको हुँदा बसपार्कका लागि प्रदेश सरकारले  दिएको ४० लाख बजेट पनि कोरोनाको महामारीले गर्दा ५० प्रतिशत मात्र खर्च गर्न  अर्थ मन्त्रालयले लिखित पत्राचार गरी आदेश  गरेको छ ।

छलफलबाट आएको सुझावहरूलाई समेत समेटेर कार्यपालिका बैठकबाट डिपिआर पारित भएपछि यसै आर्थिक वर्षमा निर्माण कार्य अघि बढ्ने उपमहानगरपालिकाले जनाएको छ ।