धरान : मोरङको धनपालथान गाउँपालिका ४ बाट भन्सार चोरी पैठारी गरी भित्र्याइएको २ हजार ४६० केजी चिनी सहित ४ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा सोमवार साँझ साँढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित रङगेली नगरपालिका १ का २१ वर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका १ का १७ वर्षीय दीपक कुमार मण्डल, १८ वर्षीय अर्जुन कुमार मण्डल र १९ वर्षीय रुपेश मण्डललाई उनीहरूले चिनी ओसार पसार गर्न प्रयोग भएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यसै गरी सुनवर्सी नगरपालिका ७ बाट अवैध रूपमा चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी १६ सोह्र लाख मूल्य बराबरको अनटेष्ट ट्र्याक्टर बरामद भएको छ ।

प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमवार राती ८ बजे ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद भएको चिनी तथा ट्याक्टर समेत आवश्यक कारबाहीको लागी मूल भन्सार कार्यालय रानी बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Chini

Chini-1